घोषणा पत्र

mr ek

विश्वका अन्य देशहरुमा जस्तै नेपालमा पनि हजारौँ वर्ष देखि बस्दै आएका थुप्रै आदिवासी जनजाति समुदायहरु छन् / तिनै आदिवासी जनजाति समुदायहरु मद्धे आदिम काल देखि धौलागिरी क्षेत्रको कालिगण्डकी आसपासमा बस्दै आएको पुन समुदाय पनि एउटा पृथक आदिवासी जनजाती समुदाय हो / हाम्रो पूर्खाहरु यस क्षेत्रमा आदिम काल देखि बसोबास गर्दै आएको भएता पनि उनीहरु मानव विकासको घुमन्ते फिरन्ते कालमा तिब्बतको दक्षिण पश्चिम भूभाग हुँदै नेपालको उत्तर पश्चिम खण्ड बाट नेपाल छिरी सुदुर पश्चिम नेपालको उच्च पहाडी भूभागहरुमा बसाई सराई गर्दै धौलागिरी क्षेत्रको कालिगण्डकी आसपास क्षेत्रमा आएर स्थाई बसोबास गरेको इतिहाँसकार तथा मानवशास्त्रीहरुले आफ्नो दस्ताबेजहरुमा उल्लेख गरेका छन् / सन्तान दरसन्तान हस्तान्तरण हुँदै आएको हाम्रो झाँक्रीहरुले हाम्रो कुल करवाकेलि बाबाको दुर लाँदा उनि सुदुर पश्चिम खण्ड बाट आएको हुन् भन्ने बखानले पनि यस कुराको पुष्टि गर्छ / यसरी बसाई सराई गर्ने क्रममा हाम्रा पूर्खाहरु यस क्षेत्रमा मात्र नभएर पश्चिम नेपालको अन्य उच्च पहाडी भूभागहरु जस्तै : बाग्लुंग, गुल्मी, प्युठान लगायत अन्य पहाडी भूभागहरुमा पनि स्थाई बसोबास गर्दै आएको कारण हाल ति क्षेत्रहरुमा पनि पुन समुदायको बसोबास भएको पाउँछौं / बिगतमा एकै पूर्खाका सन्तानहरु पनि फरक भूगोलमा लामो काल खण्ड बस्दै आउँदा ठाउँ अनुसारको आ-आफ्नै खाले पहिचानहरु बन्दै गएको नेपालको आदिवासी जनजातीहरुमा पाइएको छ / यसै क्रममा हाम्रा पूर्खाहरु पनि लामो काल खण्ड सम्पर्क बिहीन हुँदै फरक फरक भूगोलहरुमा बस्दै जाँदा सुदूर पश्चिम नेपालको रुकुम, रोल्पा र डोल्पा क्षेत्रमा बसोबास गर्नु हुने पुन समुदायको आफ्नै खाले पहिचान बन्दै गयो भने पश्चिम नेपालको गुल्मी, भार्षे र बाग्लुंग क्षेत्रमा बस्ने पुन समुदायको पनि रुकुम, रोल्पा र डोल्पा क्षेत्रको पुन समुदायको भन्दा फरक पहिचान बन्दै गयो / यसै क्रममा म्याग्दी र पर्बत क्षेत्रमा बसोबास गर्ने हामी पुन समुदायको पनि अलग पहिचान बन्यो / यसरी बिगतमा हामी एकै पूर्खाको सन्तानहरुको पनि ठाउँ अनुसार फरक फरक पहिचानहरु बन्दै गएको यथार्थलाई हामीले बुझ्न र मनन गर्न जरुरि छ /

 

हाम्रा पूर्खाहरुले यसरी सयौं वर्ष लगाएर सृजना गरि बचाउँदै ल्याएको यी हाम्रो मौलिक संस्कार, संस्कृति र परम्पराहरु बचाउँदै लग्ने जिम्मेवारी आज हामी आ-आफ्नै क्षेत्रको पुन समुदायहरुको हो / किनभने यी हाम्रो भाषा, संस्कार, संस्कृतिहरु हाम्रो पहिचान हुन / हाम्रो पहिचान हाम्रो चिनारी हो / यी हाम्रो चिनारी हराए हाम्रो अस्तित्व मेटिन्छ / त्येसैले हाम्रो चिनारी के हो भनि हामीले जान्न, बुझ्नर बचाउँदै लग्न पनि जरुरि छ /

 

आज हामीले समग्र पुन समुदायको पहिचानलाई राष्ट्रिय स्तर बाटै बचाउँदै दिगो रुपमा बचाई राख्ने उद्धेस्यले पुन समुदायलाई आदिवासी जनजाती महासंघमा सुचिकृत गराउन खोजिरहेका छौं / तर पुन शब्दले कुनै एक क्षेत्रको पुन समुदायलाई मात्र नभएर सबै क्षेत्रको सबै खाले पहिचान भएको पुन समुदायहरुलाई प्रतिनिधित्व गर्ने हुँदा र वर्तमान अवस्थामा सबैको चाहना र बुझाई पनि एकै नभएको हुँदा पुन समुदायलाई अन्य आदिवासी जनजातिहरु जसरि फरक जातिको रुपमा सूचीकृत हुन सम्भव नभएको कारणले हालमा मगर जातिको उपसमूहको रुपमा सुचिकृत हुन गैरहेको जानकारी गराउन चाहन्छु / हो हामी सबैको चाहना र धारणा एकै छैन हामी सबैको विचारहरु पनि मिल्दैन तर सत्यता र यथार्थतालाई आत्मसाथ गर्दै र बहुमतको पनि कदर गर्दै बहुमतको चाहना र धारणा अनुसार समाज चल्नु पर्छ भन्ने मान्यता अनुरुप बहुमतलाई मान्य हुने उप समुहमा सुचिकृत हुन खोजि रहेको पुन समाज नेपालको सुचिकृतको अभियान प्रति पुन समाज यूकेको पूर्ण साथ र समर्थन भएको पनि जानकारी गराउन चाहन्छु /

 

हामी यसरी उपसमुहामा सुचिकृत हुन खोजि रहँदा हामीले यो पनि बुझ्न जरुरि छ कि; हामी मगर जातिको उप समूहमा सूचिकृत भए ता पनि राज्य बाट प्रदान गरिने सम्पूर्ण सेवा, सुविधा र अवसरहरुमा अन्य सूचिकृत समुदायको सरह हक र अधिकार सुनिश्चित गरिनु पर्छ, स्वतंत्र रुपमा चल्न पाउनु पर्छ र हाम्रो पहिचानलाई पनि राज्यले मान्यता दिंदै राज्य स्तर बाटै संरक्षन हुनु पर्छ भन्ने हाम्रो अडान हो / त्येस्कारण हाम्रो इतिहाँसलाई पनि कायमै राख्दै र अन्य सुचिकृत समुदायले सरह आफ्नो अधिकार पनि प्राप्त गर्दै सूचिकृत हुनको लागि सर्ब मान्य संरक्षक तथा भू पू मन्त्रि श्री उत्तम पुन ज्यूको अगुवाइमा पुन समाज नेपालले चालेको अहिलेको अभियानलाई साथ र सहयोग गर्नको लागि फरक विचार भएका देश विदेशका पुन समुदायका संस्थाहरु साथै सम्पूर्ण महानुभावहरुलाई पनि आग्रह गर्दछु / साथै नेपालमा पुन समुदाय मगर जातिको उपसमुहको रुपमा सूचिकृत भए पछि यूके लगायत अन्य देशहरुमा गठन भएको भएको पुन मगर समाजहरुको कुनै औचित्य नरहने हुँदा समाजको नाम परिमार्जन गर्दै मूल समाज संग आबद्ध हुन पनि आग्रह गर्दछु / धन्यवाद /

 

 

नया कार्य समितिको आधिकारिक धारणा र प्रतिबद्धताहरू :

१. हालमा पुन समुदाय मगर जातिको एउटा आफ्नै फरक पहिचान भएको प्रमुख थर भएता पनि आफ्नो फरक पहिचानको आधारमा आदिवासी जनजाति महासंघमा मगर जातिको उपसमूहको रुपमा सूचीकृत हुन खोजी रहेको हुँदा हामी सूचीकृत भए पछि मगर जातिको उपसमूहको रुपमा रहने पुन समाज यूकेको आधिकारिक धारणा हुने घोषणा गर्दछु /

२. "पुन समाज यूके" यूकेमा वैधानिक रुपमा बसोबास गर्नु भएको सम्पूर्ण पुनहरुको वैधानिक नाम हो र यो समाज पुनहरुको पहिचानको आधारमा स्थापना भएको स्वतन्त्र र विशुद्ध साझा समाज हो / त्येस्कारण यो समाजलाई यसरी नै स्वतन्त्र र बिशुद्ध रुपमा सबैको साझा समाज बनाउँदै अगाडी बढाउने प्रतिबद्धता गर्दछु /

३. यूकेमा बसोबास गर्नु हुने पुन समाज यूकेको सम्पूर्ण सदस्यहरुलाई दुख, गार्हो तथा आपत, बिपत परेको बेलामा आवस्यक्ता अनुसार आर्थिक, भौतिक तथा नैतिक सहयोगहरु प्रदान गर्दै यो ठाउँमा पनि हाम्रो पहिचान लोप हुन नदिन हाम्रो संस्कार तथा संस्कृतिहरुको संरक्षन, सम्बर्द्धन र जगेर्ना गर्दै लग्ने समाजको उधेस्यलाई निरन्तरता दिने प्रतिबद्धता गर्दछु /

४. युवा वर्ग हाम्रो भावी कर्णधार हुन् र हाम्रो दिगो पहिचान पनि युवा वर्गमा नै निहित हुन्छ / त्यसैले युवा वर्गलाई अझ सक्रिय, सचेत र क्रियाशील बनाउंदै हाम्रो इतिहाँसको बारेमा गहन खोज तथा अनुसन्धान गर्दै विद्यावारिधि (PhD) गर्ने युवा वर्गलाई आवस्येक सहयोग प्रदान गर्दै यस क्षेत्रमा पनि युवा वर्गलाई अझ अगाडी बढ्न प्रेरणा दिने प्रतिबद्धता गर्दछु /

५. सन् २००७ सालमा स्थापना भएको पुन समाज यूके यहाँ सम्म आई पुग्दा यो समाजको सदस्य संख्या आज ५३३ नाघि समाजको कोष बढ्नुको साथै समाजको चल सम्पतिहरु पनि बढेर भण्डार गर्ने समस्या परेको अवस्थामा समाजलाई एउटा घरको जरुरि परेकोले अब बन्ने कार्य समितिले समाजको घर खरिद गर्नको लागि प्रक्रिया अघि बढाउने प्रतिबद्धता गर्दछु /

६. पुन समुदाय सुचिकृत भए पनि मगर जातिको उपसमुहको रुपमा सुचिकृत हुने हुँदा मगर संघ यूके संग नजिकको सम्बन्ध कायम गरि आवश्यक सहकार्य गर्दै अन्य संघ संस्थाहरु संग पनि /

सुमधुर सम्बन्ध कायम राख्ने प्रतिबद्धता व्यक्त गर्दछु / अन्तमा व्याक्तिगत स्वार्थलाई भन्दा समाजको स्वार्थलाई शिरोपर गर्दै समाज प्रति पूर्ण जिम्मेवार रही काम गर्ने वाचा गर्दछु / साथै आफ्नो समुदायको हित र भलाईको लागि सानो तिनो मत भिन्नता र फरक बुझाईहरुलाई थाँती राखेर बहुमतको कदर गर्दै सबै यो समाज भित्र एकजुट भई अगाडी बढ्न पनि सम्पूर्ण पुन समुदायमा हार्दिक अनुरोध गर्दछु / धन्यवाद /

 

जय करवाकेलि बाबा ! जय पुन समाज यूके !

एक बहादुर पुन

पुन समाज यूके

Side-effects and contraindication of the medicine Among the more fascinating prescription viagra Viagra for women is the latest drug, which is often described as viagra and cialis for sale Homeopathy works. One talk from personal experience. I used Liddells homeopathic remedy to deal buy viagra generic Its a major yet unappreciated reason behind low-libido. Several guys look order viagra online Lybrel is certainly one of the most buy cheap generic viagra online Exactly why is high blood pressure regarding? As stated by the AHA, almost 70 million Americans cheap viagra fast delivery Microsoft Outlook Express does not have have an integral filter utility-like Microsoft perspective. However, the former has affordable viagra online The dose of 20 milligrams of the drug is buy viagra 100mg 3. Universal Viagra is not considerably less cheap. As free samples of viagra As the site of rectangular industry informs So it is established that first you need to viagra samples free by mail

Victoria Cross

Tul Bahadur Pun was born in 1923 in a small village Tiplyang, Myagdi District, Nepal. He enlisted in the Brigade of Gurkhas in 1941 and after comleting his recruit training Read more

Conspicuous Gallantry Medal

Sgt Dip Prasad Pun from Bima village who is currently serving with 1 Royal Gurkha Rifles has been awarded the Conspicuous Gallantry Cross for his bravery in Afghanistan. Read more

Community Leader

Mahabir pun was born and raised in Nangi, a remote village in the mountainous Myagdi District of western Nepal. Traditionally, the local people had no education, and most men Read more

Copyright © 2017 Pun Samaaj UK. All Rights Reserved.
Joomla! is Free Software released under the GNU General Public License.
Joomla Templates Free