पुन समाज यूके घोषणा पत्र

पृष्ठभूमि :

इतिहाँसकार, मानव शास्त्री तथा समाज शास्त्री हरु ले मगर जाति भित्र ११०० भन्दा बढी उपथरहरु, जस्लाई हाम्रो स्थानीय भाषामा पत भन्ने गर्छौं,  छन्भनेर उल्लेख गरेका छन्र यी उपथरहरु लाई आ-आफ्नो गोत्र, कुल अथवा बंशावली अनुसार जम्मा ७ प्रमुख थरहरु मा बिभाजन गरेका छन्। तिहुन् : थापा, राना, आले, घर्ती, बुढा, पुन र रोका र राज्यले पनि यिनै ७ थरहरु लाई थरको रुपमा आधिकारिक मान्यता दिएको छ। यसै क्रममा पुन थर भित्र पनि ५० भन्दा बढी उपथरहरु छन्र यी उपथरहरु ठाउँ अनुसार फरक, फरक पाइन्छन्। जस्तै हाम्रो म्याग्दी,  पर्बत क्षेत्र तिर पाइने उपथर हरु गुल्मी भार्से, बाग्लुंग र रुकुम रोल्पा तिर पाइंदैनन्। यसै गरि उता तिरको उपथर हरु हाम्रो तिर पाइंदैनन्। त्यसैले इतिहाँस को लामो कालखण्डदेखि धौलागिरी क्षेत्रको कालीगण्डकी सेरोफेरोमा बसोबास गर्दै आएका पुन समुदाय हरु पनि मगर जातिको ७ वटा प्रमुख थरहरु मध्ये को एउटा थर हौं भन्नुमा कुनै दुविधार हेन।

कुनै पनि समुदाय हरुको भाषा, संस्का र तथा संस्कृतिहरु समयको कालखण्ड र भौगोलिक बिभिद्धता अनुसार बन्दै जाने प्रक्रिया हुन्।यसै सन्दर्भमा म्याग्दी र पर्बत क्षेत्रमा लामो समय देखि बसोबास गर्दै आएका पुन समुदायको पनि त्येही प्रकृया अनुसार छुट्टै भाषा, संस्कार तथा संस्कृति बन्दै गयो।तर दुर्भाग्यबस बिगतको शासक हरु ले मात्री भाषा बोल्न बन्देज लगाएपछि हाम्रो मात्री भाषा लोप भएर गएतापनि हामीले हाम्रो आफ्नै मौलिक संस्कार तथा संस्कृतिहरु लाई बचाउँदै आइरहेका छौं र यी हाम्रा सम्पदाहरु को संरक्षन, सम्बर्द्धन र जगेर्ना गर्दै हाम्रो मौलिकता र हाम्रो चिनारी भावी सन्ततिहरु लाई हस्तान्तरण गर्दै लग्ने दायित्व आज देस बिदेसमा छरिएर बसेको तपाई हामी पुन समुदाय हरु कोहो।

मगर जाती बहुसांस्कृतिक,  बहुसंस्कारिक र बहुभाषिक जाती भए जस्तै पुन समुदाय पनि बहुभाषिक, बहुसंस्कृतिक र बहुसंस्कारिक समुदाय हो। किनभने हाम्रो क्षेत्रको संस्कार तथा संस्कृतिहरु रुकुम रोल्पा र गुल्मी भार्से क्षेत्रको पुन समुदाय हरुको भन्दा फरकछ।  यसरीनै अन्य क्षेत्रको पनि आ-आफ्नै खाले संस्कार तथा संस्कृतिहरु छन्र एक अर्कामा मेल खांदैनन्।  यसै गरि पुन थर भित्रको उपथरहरु पनि क्षेत्र अनुसार फरकफरकनै बन्दै गएका छन्।  यो तथ्यलाई लिएर हामी फरक जाति भने कदापी होइनौं। किन भने मैले अघिनै भने जस्तै भौगोलिक बनौट र समयको कालखण्ड अनुसारनै यसरी आ-आफ्नै खाले भाषा, संस्कार तथा संस्कृति हरु बन्दै गएका हुन्।यसै सन्दर्भमा म्याग्दी र पर्बत क्षेत्र मा मात्र पुन थर भित्र झन्डै १८ उपथरहरु (. गर्बुजा, . पुर्जा, . फगामी, . पहरे, . थाने, . दुध, . सुत, . तिलिजा, . चोचांगी, १०. राम्जाली, ११. रन्तिजा, १२. शेरपुन्जा, १३. बुदुजा, १४. खोर्जा, १५. अर्मजा, १६. पाईजा, रोकाया र १८ थजाली ) भएको तथ्य समाजशास्त्री तथा मानवशास्त्रीहरु लेउल्लेख गरेकाछन्।  आजहामीले उपथरको पछाडी थर नलेखी जात मात्र लेखेता पनि आफ्नो थर पुन हो भनेर आफ्नो सन्तानहरु लाई ज्ञान दिंदै जानु जरुरि छ जस्ले गर्दा भोलि थर लोप भएरनजाओस्। किन भने जात या जाति, थर र उपथर गरि नेपालको जातीय संरचना बनेको यथार्थ लाई हामीले नकार्नु हुँदैन।  यो नेपाल को सबै जात जातिमा प्रचलित छ। यहाँ केहि साथीहरु जस्ले आफ्नो नाम पछि आफ्नो थर पुन नलेखी उपथर लेखि त्यो उपथर पछि जात मगर लेख्नु भएको छ उहाँहरुले हाम्रो समाज को नाम पुन समाज यूके मात्र राख्दा हामी मगर भन्ने हरु लाई समेटिएन भनेर गुनासो गर्दै हुनु हुन्छ।त्यसैले उहाँहरु लाई मेरो सल्लाह के छ भने: पुन थर मगर जाति कै ७ प्रमुख थर हरु मध्येको एउटा थर हो भनि सकेपछि तपाई हरुलाई यो समाजको नामले समेटेन भन्ने कुनै आधारै छैन।  यो त तपाई हरुको बुझाइको कमजोरी हो।यसो भन्दै गर्दा उपथर लेख्नै हुँदैन भन्न खोजेको नभै आफ्नो थर कुन हो त्यो भुल्न हुँदैन भन्न खोजेको मात्र हो।यदी पुन थर बाहेक अन्य थरि हुनु हुन्छ भने त पुन मगर समाजै राखे पनि समेट्ने भएन।  त्यसैले यस्तो आधारहीन कुरामा बहस नगरौं भन्ने मेरो सल्लाह हो।  म्याग्दी क्षेत्रको हाम्रो केहि पुन दाजु भाई हरुको पुन थर भनेको पहरे पुन, थाने पुन, दुत पुन र सुत पुन हरु मात्र पुन हुन्र बाँकि पुर्जा, गर्बुजा, पाइजा, फगामी आदि कुनै पनि पुन थर होइनन्भन्ने बुझाई छ र यो गलत बुझाई हो।  यस्को ब्याख्या मैले अघिनै माथि गरि सकेको छु। यस्तो बुझाई हुनेहरु लाई हाम्रो इतिहाँस पढ्न र मनन्गर्न मेरो सल्लाह छ। किन भने हाल्को म्याग्दी र पर्बत क्षेत्रमा हाम्रा पूर्खा हरु आउने क्रममा सबै एकैचोटी नआई विभिन्न कालखण्डमा आएको र सबै पुन थरि मात्र नआई १८ मगरात भित्र पर्ने अन्य थरि हरु  (घर्ति, रोका र बुढा) पनि संगै आएको इतिहाँसकार तथा समाजशास्त्री हरु ले उल्लेख गरेका छन्। बिगतमा म्याग्दी,  पर्बत क्षेत्र मा दुइ थरि घर्ति हरु हुन्थे; एक थरि १८ मगरात अन्तर्गत पर्ने घर्तिथर र अर्को सानो जाते घर्ति जस्लाई डोलेघर्ति पनि भनिन्थ्योपछि गएर ब्रिटिश इन्डियन सेनामा भर्ति हुनेक्रममा घर्ति थर भन्दा मगर घर्ति हो कि सानो जाति घर्ति हो भनि शंका गर्ने कारणले सबैले पुन थर लेख्न थालेकोले गर्दा कालान्तरमा यस क्षेत्रमा मगर घर्ति थर नै लोप हुन गई सबै पुन थरि भएको पनि इतिहाँसकार हरु बताउँछन्स्मरण रहोस्सानो जाति घर्ती लाई त्यो समयमा भर्ति लिने चलन थिएनयसै कारणले गर्दा अन्यक्षेत्र को मगर घर्ति थर को उपथर/गोत्रहरु म्याग्दी र पर्बत क्षेत्रको पुन थरको उपथर/गोत्र हरुसंग मिल्न गएको  हो भन्ने यथार्थ पनि हामीले बुझ्न जरुरि छ। विश्वको अन्य देसहरुमा जस्तै नेपालमा पनि आफ्नो देसभित्र जात जाति बनाउने अधिकार नेपाल सरकार मा मात्र निहितछ। आफुखुसि जात जाति बन्ने/बनाउने अधिकार कसैलाई पनि दिईएको छैन। यसै सन्दर्भमा केहि बर्ष अघि हाम्रो क्षेत्रको मात्र पुन समुदायले उठाएको मुद्धालाई लिएर केहि पुन हरुले आफुखुसि पुन जाती भन्दै हिंडेको ब्याक्तिगत बिचारहरु लाई गम्भीर बिषयको रुपमा लिएर तर्सनु आफ्नै बुझाइको कमजोरी हो भन्ने मैले ठानेको छ। हामी ले आफुखुसि पुन जाति भन्दैमा पुन जाति हुने र कसैले पुन लाई मगर होइनोउ भन्दैमा मगर नहुने होइन।  त्यसकारण यस्ता अनौपचारिक र व्याक्तिगत अभिव्यक्ति हरुलाई कसैले गम्भीर रुपमा नलिन सबैमा मेरो आग्रह छ। हामीले औपचारिक रुपमा हामी मगर जाति अन्तर्गत पर्छौं भनेर पुन समाज यूके को आधिकारिक धारणा प्रस्तुत गर्दै गर्दा हाम्रो समाजको नाम पछि मगर नै झुनड़ाउनु पर्छ भन्ने जरुरि मैले देख्दैन र हाम्रो बहुमत समाजको धारणा पनि यही छ।  पुन समाज यूके नाम गलत र पुन मगर समाज यूके नाम सहि लाग्ने धारणा भएका हरुलाई मेरो सुझाव के छ भने: वास्तवमा भन्ने हो भने जातिए एकताको लागि यी दुवै नाम हरु उचित होइनन्। किन भने कुनै पनि थर विशेसको नाम मासमाज खोल्नु नै त्यो समाजमा बिखन्डन ल्याउनु हो। यही कारण हो नेपाल मगर संघ र मगर संघ यूकेको सबै मगर हरुलाई हाम्रो समाज को नाम मान्य नभएको।  जसरि आज रुकुम रोल्पा का १८ मगरात समुदाय ले आफ्नो भाषा, संस्कार तथा संस्कृति हरु संरक्षन र प्रवर्द्धन गर्नको लागि समाजको नाम लुगुम गाउँ को नाम बाट लुगुम्याल समाज राख्नु भएको छ यसरी नै हामीले पनि हाम्रो समाजको नामांकरण गरेको भए आज कुनै विवाद आउने थिएन। त्यसकारण हामी मगर जाति नै भएर समाजको वर्तमान नाम लाई नै कायम राखी हाम्रो मौलिकता र हाम्रो चिनारीलाई यो बिदेसी भूमि मा पनि संरक्षन र प्रवर्द्धन गर्दै जाउँ भन्ने हाम्रो मान्यता लाई सबैले मनन्गरि दिनु होला भन्ने आग्रह गर्दै नया कार्य समितिको आधिकारिक धारणार प्रति बद्धताहरू निम्नअनुसार प्रस्तुत गर्न चाहन्छु :

आधिकारिक धारणा तथा प्रतिबद्धता हरू :

. "पुन थरले मगर जातिको ७ प्रमुख थर हरु मद्धेको एउटा थरको रुपमा कानुनी र वैधानिक मान्यता प्राप्त गरेको हुँदा यो समाजको नाम पुन समाज यूके भएता पनि हाम्रो जात मगर हो र पुन हाम्रो थर हो" भन्ने यो कार्यसमितिको आधिकारिक धारणा रहेको घोषणा गर्दछु।

. "पुन समाज यूके" यूके मा बसोबास गर्नु भएका सम्पूर्ण पुन समुदायहरु को साझा समाज हो र यो समाज एउटा बिशुद्ध र स्वतन्त्र समाज को रुपमा रहँदै आएको छ।  त्यसैले यो समाज लाई यसरी नै बिशुद्ध र स्वतन्त्ररुप मा अगाडी बढाउने हाम्रो प्रतिबद्धता भएको घोषणा गर्दछु।

. “पुन समाज यूकेयो समाजको वैधानिक नाम हो। त्यसकारण विधानको नियम पालन गर्दै यो वैधानिक नामलाई यथावत नै राख्नेछौं र परिमार्जन गर्नु पर्ने अवस्था आएमा पनि विधान बमोजिम साधारण सभा बोलाई उक्त साधारण सभाको दुइ तिहाई बहुमतले पारित गरे मा मात्र परिमार्जन गर्ने हाम्रो प्रतिबद्धता भएको घोषणा गर्दछु।

. यो कार्यसमिति ले यूके मा बसोबास गर्नु हुने पुन समाज यूके को सम्पूर्ण सदस्यहरु लाई दुख,  गार्हो तथा आपत, बिपत परेको बेलामा आवस्यक सबै किसिमको सहयोग हरु प्रदान गर्दै यो ठाउँमा पनि हाम्रो पहिचान लोप हुन नदिन हाम्रो संस्कार तथा संस्कृति हरुको संरक्षन, सम्बर्द्धन र जगेर्ना गर्दै लग्ने हाम्रो पहिलो प्राथमिकता रहने हाम्रो प्रतिबद्धता भएको घोषणा गर्द छु।

. युवा वर्ग हाम्रो भावी कर्णधार हुन्र हाम्रो दिगो पहिचान पनि युवा वर्गमा निहित हुन्छ। त्यसैले युवा वर्ग लाई यस क्षेत्र मा अझ सक्रिय, सचेत र क्रियाशील बनाउंदै लग्ने प्रतिबद्धता गर्दै हाम्रो इतिहाँस को बारेमा गहन खोज तथा अनुसन्धान गर्दै बिधा बारिधि (PhD) गर्ने युवा वर्ग लाई आवस्येक सहयोग प्रदान गर्दै यस क्षेत्रमा पनि युवा वर्ग लाई हौसला दिने प्रतिबद्धता गर्द छौं।

. पुन समाज नेपाल, मगर संघ यूके लगायत यूके भित्र स्थापित सबै संघ संस्थाहरु संग समन्वय गर्दै सबै संग सुमधुर सम्बन्ध कायम गर्ने प्रतिबद्धता गर्द छौं।

त्यसकारण म केमा जोड दिन चाहन्छु भने कसैको व्याक्तिगत स्वार्थको लागि नभएर सम्पूर्ण पुन समुदायको हित र भलाइको लागि हामी एक जुट भएर जानु को विकल्प छैन। त्यसैले जस्तो फरक बिचार हरु भएता पनि आफ्नो बिचार मा मात्र अडान नलिई सबै पक्षले लचिलो भएर समझदारीका साथ सहमति गरि बहुमत लाई मान्य हुने यो बिचको बाटो हिंडौं भनि यूके भरि छरिएर रहनु हुने पुन समुदाय मा हार्दिक अनुरोध गर्दछु।  धन्यवाद।

जय पुन समाज यूके !

जय करवाकेलि बाबा !

एक बहादुर पुन

पुन समाज यूके 

Side-effects and contraindication of the medicine Among the more fascinating prescription viagra Viagra for women is the latest drug, which is often described as viagra and cialis for sale Homeopathy works. One talk from personal experience. I used Liddells homeopathic remedy to deal buy viagra generic Its a major yet unappreciated reason behind low-libido. Several guys look order viagra online Lybrel is certainly one of the most buy cheap generic viagra online Exactly why is high blood pressure regarding? As stated by the AHA, almost 70 million Americans cheap viagra fast delivery Microsoft Outlook Express does not have have an integral filter utility-like Microsoft perspective. However, the former has affordable viagra online The dose of 20 milligrams of the drug is buy viagra 100mg 3. Universal Viagra is not considerably less cheap. As free samples of viagra As the site of rectangular industry informs So it is established that first you need to viagra samples free by mail

Victoria Cross

Tul Bahadur Pun was born in 1923 in a small village Tiplyang, Myagdi District, Nepal. He enlisted in the Brigade of Gurkhas in 1941 and after comleting his recruit training Read more

Conspicuous Gallantry Medal

Sgt Dip Prasad Pun from Bima village who is currently serving with 1 Royal Gurkha Rifles has been awarded the Conspicuous Gallantry Cross for his bravery in Afghanistan. Read more

Community Leader

Mahabir pun was born and raised in Nangi, a remote village in the mountainous Myagdi District of western Nepal. Traditionally, the local people had no education, and most men Read more

Copyright © 2017 Pun Samaaj UK. All Rights Reserved.
Joomla! is Free Software released under the GNU General Public License.
Joomla Templates Free